+
+

लिखित राजीनामा तयार पार्दै भीम रावल

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते १२:५९

८ कात्तिक, काठमाडौं । १० बुँदे सहमति कार्यान्वयनसम्बन्धी कार्यदलबाट राजीनामाको घोषणा गरेका एमाले उपाध्यक्ष भीम रावलले एक-दुई दिनमा लिखित राजीनामा नै बुझाउने भएका छन् ।

सोमबार अनलाइनखबरसित कुरा गर्दै रावलले १० बुँदे सहमति कार्यान्वयनमा आलटाल हुने देखेपछि आफूले राजीनामाको घोषणा गरेको र अब पार्टी अध्यक्षलाई लिखित राजीनामा नै बुझाउने तयारी गरिरहेको बताए ।

‘अस्ति मैले त्यहाँ राजीनामा मौखिक त दिइसकें यसको ब्यहोरा म लेखेर पठाउँछु भनेको थिएँ, अब त्यो दिन्छु होला’ उनले भने, ‘पदको दृष्टिकोणबाट मैले हेरेको छैन, पार्टीको प्रणाली विधि र लोकतान्त्रिक मान्यता हेर्छु राजीनामाको कुरा पनि त्यसैगरी आएको हो ।’

गत भदौ २६ मा पार्टी एकताका लागि भएको १० बुँदे सहमति पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यान्वयन गर्न नचाहेको भन्दै रावलले शुक्रबारको स्थायी कमिटीको बैठकमा कार्यदल संयोजकबाट राजीनामाको घोषणा गरेका थिए ।

ओलीले भने १० सहमति कार्यान्वयन हुने बताएका छन् । पार्टी ०७६ जेठ २ अघि फर्किने अवस्था आउँदा रावल सुदुरपश्चिम प्रदेशको इन्चार्ज हुन्छन् । तर पार्टी अध्यक्ष ओली रावललाई त्यो जिम्मेवारीमा फर्काउन तयार छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?