+
+

होटेल संघका पूर्वअध्यक्ष श्रेष्ठ रहेनन्

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते १३:०४

८ कात्तिक, काठमाडौं । होटल संघ नेपाल (हान)का पूर्वअध्यक्ष गौतमदास श्रेष्ठको ८३ वर्षको उमेरमा सोमबार निधन भएको छ ।

उनको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । हानले उनको निधन भएको बारे जानकारी गराएको हो । हानले उनको निधनबाट मर्माहत भएको भन्दै यसबाट समग्र पर्यटनमा अपुरणीय क्षति पुगेको बताएको छ ।

विसं. १९९५ सालमा काठमाडौंको तुम्बहालमा पिता दुर्गादास श्रेष्ठ र माता हरिदेवी श्रेष्ठको कोखबाट जन्मिएका स्वर्गीय श्रेष्ठले काठमाडौंको दरबारमार्गस्थित शेर्पा होटल र चितवनमा सफारी नारायणी होटल सञ्चालन गरेका थिए । उनी विगत लामो समयदेखि होटल संघ नेपालमा आवद्ध थिए । उनी सन् १९९८ देखि २००० सम्म होटल संघ नेपालको नेतृत्वमा थिए । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?