+
+

पाँचथरमा बस दुर्घटना, ६५ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते १३:४३
प्रतीकात्मक तस्वीर

८ कात्तिक, काठमाडौं । पाँचथरको फिदिममा बस दुर्घटना हुँदा ६५ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।

सोमबार फिदिम नगरपालिका–४ सिवादोभानबाट झापाका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस शान्तिपुरमा अर्को सवारीसाधनलाई ओभरटेक गर्नेक्रममा सडकको डिलबाट १० मिटर तल खोंचमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बसमा सवार सबै यात्रु घाइते भएकाले उनीहरुलाई उद्धार गरी पाँचथर जिल्ला अस्पताल, समर्पित अस्पताल र पाथीभरा अस्पतालमा प्रारम्भिक उपचार गराइएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका चार जनालाई थप उपचारका लागि विर्तामोड पठाइएको छ ।

दशैंमा घर तथा आफन्तकहाँ पुगी फर्कंदै गरेका जिल्लाको कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका वासिन्दा दुर्घटनामा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment