+
+

७ दिनदेखि अवरुद्ध केआई सिंह राजमार्ग सुचारू

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते १६:१५

८ कात्तिक, डोटी। असोज ३१ गतेदेखि आएको अविरल बर्षाका कारण कात्तिक २ गतेदेखि अवरुद्ध भएको केआई सिंह राजमार्ग सोमबारदेखि सञ्चालनमा आएको छ ।

बेमौसमी बर्षासँगै रडुवा खोलामा आएको बाढी र सडकमाथिबाट आएको पहिरोका कारण डडेल्धुराको गन्यापधुरा गाउँपालिका-२ रडुवामा झण्डै 2 सय ५० मिटर सडक पूर्ण रुपमा क्षति भएको थियो।

लगातार तीन दिनको प्रयासपछि सोमबार दिउँसो सडक जोडिएको डिभिजन सडक कार्यालय कुलपाते डोटीका निमित्त प्रमुख, ईन्जिनियर योगेन्द्र अधिकारीले जानकारी दिए। ‘सडक अवरुद्ध भएपछि दुवैतिर रोकिएका सवारी साधनहरु, मालवहाक साधनहरु र टेङ्करहरु पास भईसकेका छन्’ ईन्जिनियर अधिकारीले भने ‘हामी अझै सडकको सतह मिलाउँदैछौं।’

कात्तिक ३ गतेदेखि बर्षा रोकिएपनि सडक काट्दा बस्ती जोखिममा पर्ने भन्दै स्थानीयबासीहरुले बिरोध गरेका कारण सडक खुलाउन ढिलाइ भएको थियो । स्थानीयबासीहरुसँगको समन्वय र छलफलपछि सडक खुलाउने काम सुचारु भएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

एक सातासम्म सडक अवरुद्ध हुँदा जिल्लामा इन्धन, दैनिक उपभोग्य बस्तुको अभाव देखिन थालेको थियो। सडक अवरुद्ध हटेपछि बाढी पीडितहरुको उद्दार र राहातमा पनि सहज हुने डोटीमा प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टले बताए ।

उक्त सडक खण्ड खुलेसँगै डोटी, अछाम र बाजुराबाट आउजाउ गर्ने सवारी साधनहरु सञ्चालनमा आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?