+
+

थप ७७६ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्‍यु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते १६:३४

८ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

८ हजार २ सय ८४ जनाको पीसीआर परीक्षण गर्दा ६७३ जना र २ हजार ५८० जनाको एन्टिजेन परीक्षण गर्दा १०३ गरी ७७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने ५०१ जना निको भएका छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ९ हजार ७२९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ३६१ पुगेको छ भने ७ लाख ८८ हजार ८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ३६० जना रहेका छन् । जसमध्ये ९ हजार ६१७ जना होम आइसोलेसनमा रहेका छन् भने ७४३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २५४ जना आईसीयू र ७४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ५० जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १८५, झापामा ७८, कास्कीमा ६६, चितवनमा ६४, मोरङमा ६१ जानमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै ललितपुरमा ३३, रुपन्देहीमा २५, मकवानपुरमा १७, सुनसरीमा १३ र नवलपरासी पश्चिममा १२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?