

८ असोज, काठमाडौं । नेपाल बंगलादेश बैंक (एनबी) सहित तीन कमर्सीयल बैंकहरुलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ ।
राष्ट्र बैंकको कारबाहीमा पर्नेमा नेपाल बंगलादेश बैंक, हिमालयन बैंक र प्रभु बैंक छन् । प्रभु बैंक र नेपाल बंगलादेशलाई पहिलो पटक कारबाही गरेको राष्ट्र बैंकले हिमालयन बैंकलाई भने दोस्रो पटक कारबाही गरेको हो । गत आर्थिक वर्षको अन्तिम त्रैमासमा राष्ट्र बैंकले यी बैंकहरुलाई जरिवाना तिराएको थियो ।
राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले हिमालय बैंकलाई पहिलोपटक १७ हजार १ सय २२ रुपैयाँ र दोस्रो पटक १२ हजार ८ सय ९९ रुपैयाँ जरिवाना तिराएको छ भने नेपाल बंगलादेश बैंकलाई ३० हजार ३२४ रुपैयाँ र प्रभु बैंकलाई ३५ हजार ६ सय ९५ रुपैयाँ जरिवाना तिराएको छ ।
वैधानिक तरलता अनुपात र अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै राष्ट्र बैंकले यी बैंकहरुलाई कारबाही गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित