
फाइल तस्वीर
८ कात्तिक, काठमाडौं। पाँचथर बस दुर्घटनामा घाइते भएकालाई उद्धार गर्न सरकारले नेपाली सेनाको हेलिकप्टर पठाएको छ ।
गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा नेपाली सेनाको एमआइ १७ हेलिकप्टर पठाइएको गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले जानकारी दिए ।
पाँचथरको फिदिम नगरपालिका–४ मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा बसका चालकसहित ६१ जना घाइते भएका छन् ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सोमबार बिहान ११ बजे यासोकबाट फिदिमतर्फ आउँदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट अन्दाजी २० मिटर तल झरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4