+
+

पक्राउ परेका ११ अफगानीलाई अध्‍यागमन विभागमा बुझाइयो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते १८:४५

८ कात्तिक, काठमाडौं । काठमाडौंको सिनामंगलमा पक्राउ परेका ११ अफगानी नागरिकलाई अध्‍यागमन विभागमा बुझाइएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले पक्राउ गरेका ११ जनालाई अध्यागमन ऐन अनुसार कारबाहीका लागि विभागमा बुझाइएको डीआईजी धिरज प्रताप सिंहले बताए ।

’11 जना अफगानी अवैध रुपमा नेपाल प्रवेश गरकेाले अध्यागमन ऐन अनुसार कारबाही अगाडी बढ्‍नेछ।’ डीआईजी सिंहले भने ।

सीआईबीले अमनुल्लाह मोहम्मदी, अजमल सरिफी, अकम जाजाइ, रोमल होटक, इसनुल्लाह हसेमी, इमरान अलि जादा, मोहम्मद जमराइ सनिकजाई, नजिफा स्तानिकजाइ, मिस्बाह जैनव स्तानिकजाइ, नुरुल हाया स्तानिकजाई, मोहम्मद रायन स्तानिकजाई लाई पक्राउ गरेको थियो ।

तालिबान नेतृत्वले अफगानिस्तानको सत्ता सम्हालेपछि उनीहरु भागेर भारत हुँदै नेपाल प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?