+
+

कटुवालको उपन्यास ‘फेरि अर्को बिहानी’ लोकार्पण

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते १०:१३

९ कात्तिक, काठमाडौं । हरि कटुवालको उपन्यास ‘फेरि अर्को बिहानी’ लोकार्पण भएको छ ।  साहित्यकार कृष्ण धरावासी, निबन्धकार युवराज नयाँघरे तथा प्रमोद प्रधानले संयुक्त रुपमा साेमबार उपन्यासको लोकार्पण गरेका हुन् ।

उपन्यासमा द्वन्द्वकालको नेपाली समाजदेखि वर्तमान परिवेशका सामाजिक, राजनीतिक र आर्थिक घटनालाई मुख्य विषय बनाइएको छ । कटुवालको यो तेस्रो उपन्यास हो । यसअघि उनको दुई उपन्यास अधुरो सपना (२०७३) र रेडलाइट (२०७६) प्रकाशित छन् ।

यस्तै २०७४ सालमा तिमी हाँसेको पल गीतमार्फत उत्कृष्ठ आधुनिक गीतकारको रुपमा ‘नेशनल वक्स अफिस अर्वाड’ पाएका कटुवालका कथा, कविता, गीतहरू फुटकर प्रकाशित छन् ।

पल्लवले प्रकाशनले बजारमा ल्याएको फेरी अर्को बिहानी उपन्यासको बजार मूल्य ३७५ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?