+
+

प्रधानन्यायाधीश विवादबारे ओलीले भने- एमालेलाई गुटबन्दीमा पस्नु छैन

हरि अधिकारी हरि अधिकारी
२०७८ कात्तिक ९ गते १०:५७

९ कात्तिक, विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वाेच्च अदालतको नाममा राजनीति भइरहेको भन्दै प्रधानन्यायाधीशको विषयमा अहिले देखिएको विवादमा कसैको पनि पक्षधरता नलिने बताएका छन् ।

सत्ता पक्षसँगको साँठगाँठका कारण विवादमा आएका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नागरिक समाज र कानुन व्यावसायीले राजीनामा माग गरिरहेका छन् । यस विषयमा सत्ता पक्षका नेताहरु मौन छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि यो विवादमा कसैको पनि पक्षधरता नलिने बताए । प्रेस चौतारी मोरङले विराटनगरमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले प्रधानन्याधीशको राजीनामा नमाग्ने र महाअभियोगको माग पनि नगर्ने संकेत गरे ।

प्रधानन्यायधीशलाई महाअभियोग लगाउने कुनै कुरा छ कि भन्ने पत्रकारको प्रश्नमा उनले अदालत भित्र भइरहेको दाउपेच र गुटबन्दीमा नपस्ने बताए । ‘अहिले जुन राजनीति सर्वाेच्चको नाममा भइरहेको छ त्यस प्रकारको होइन । हाम्रो चिन्ता सर्वाेच्च अदालतलाई जनताले विश्वास गर्ने, राज्यको एउटा विश्वसनीय र महत्वपूर्ण अङ्गको रुपमा राख्ने हो,’ ओलीले भने, ‘हामीलाई दाउपेचमा पस्नु छैन, सर्वाेच्च अदालत भित्रको अशोभनीय गुटबन्दीमा पस्नु छैन ।’

‘राजीनामा दिनुपर्छ कि पर्दैन भन्ने त्यस विवादमा कतै पट्टी पक्षधरता एमालेले जनाउनुपर्ने होइन, उनले भने, ‘हामीलाई त निष्पक्ष न्यायालय चाहिएको हो ।’ उनले अदालत स्वतन्त्र रहनुपर्ने र संविधानअनुसार चल्नुपर्ने बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?