+
+

सिरहामा वडा अध्यक्षको मोटरसाइकलबाट लागूऔषध बरामद

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते १२:२३
फाइल तस्वीर

९ कात्तिक, जनकपुरधाम । सिरहामा एक जना वडाअध्यक्षको मोटरसाइकलबाट लागूऔषध बरामद भएको छ ।

सिरहा नगरपालिका वडा नम्बर १८ का अध्यक्ष रामसोगारथ यादवको स.१ब ९३८ नम्बरको मोटरसाइकलबाट सोमबार राति लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

नगरपालिकाको माडरमा वडा अध्यक्षको रोकेर राखिएको अवस्थामा लागूऔषध बरामद भएको सिरहा प्रहरीका प्रबक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । उनका अनुसार ती मोटरसाइकलबाट नाइट्रोभेट ट्याब्लेट १५ थान बरामद भएको छ ।

वडा अध्यक्ष नजिकैको होटलमा खाजा खान जाँदा रोकेर राखिएको मोटरसाइकलबाट लागूऔषध बरामद भएको छ ।

यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment