+
+

विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालका सनिल अन्तिम ३२ मा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते १२:३६

काठमाडौं  । नेपाली बक्सर सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको राउण्ड अफ ३२ मा प्रवेश गरेका छन् ।

सर्बियाको बेलग्रेडमा भइरहेको च्याम्पियनसिपमा ६७ केजी तौल समूहमा रहेका सनिल इराकी बक्सर अल ओहिदीबाट वाकओभर पाउँदै राउण्ड अफ ३२ मा प्रवेश गरेका हुन् ।

सनिल १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णधारी सनिलले अब राउण्ड अफ ३२ मा सर्बियाका अब्बासोभ भाखिदसँग खेल्ने छन् ।

विश्व च्याम्पियनसिपमा नेपालबाट सनिलसहित ४ खेलाडीको सहभागिता रहेको छ ।

नेपालबाट ४८ केजीमा रविन थापा, ५७ केजीमा पुरन राई र ६३.५ केजीमा भुपेन्द्र थापा मगरले प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?