+
+
Shares

मानव बेचबिखनमा संलग्नको आरोपमा पोखराबाट दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते १२:४८

९ कात्तिक, कास्की । प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१७ बिरौटा बस्ने ४२ वर्षीय सुरेश तामाङ र बारा कोल्बी नगरपालिका-१ कोल्बी बस्ने २६ वर्षीय ऋषि भट्ट रहेका छन् ।

पोखरा महानगरपालिका-६ लेकसाईडस्थित होटल ड्रिमल्याण्डमा महिलाहरुलाई काममा लगाई दिन्छु भन्दै ललाई फकाई प्रलोभनमा पारी तथा डर त्रास समेत देखाई बाध्य पारी यौन शोषण गर्न लगाउने गरेको सूचनाको आधारमा उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

यस्तै उक्त स्थानबाट पीडित महिलाको उद्धार गरेर मनोपरामर्श पश्चात आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पक्राउ गरेका उनीहरुमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?