+
+

सरकारले खेलकुदको विकासका लागि विशेष ध्यान दिनुपर्छ : प्रकाशमान सिंह

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते १२:५१
फाइल तस्वीर

९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले खेलकुदको विकासका लागि विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

वीर गणेशमानसिंह स्पोर्ट्स समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘नेशनल टेनिस टुर्नामेन्ट–२०२१’ शुभारम्भ गर्दै उनले खेलकुदले नागरिकलाई स्वस्थ राख्ने र स्वस्थ नागरिकले नै राष्ट्रका लागि योगदान दिन सक्ने भएकाले सरकारले खेलकुदको विकासमा विशेष ध्यान दिनुपर्ने बताए ।

‘यस्ता प्रतियोगिताले आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका  खेलाडी उत्पादनमा समेत सहयोग पुग्नेछ,’ उनले भने ।

नेता सिंहले नेपालमा प्रजातन्त्र स्थापना र नागरिक सर्वोच्चताका लागि गणेशमान सिंहले ६ दशकसम्म निर्वाह गरेको भूमिका अनुकरणीय रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?