+
+

भूमिहीनको व्यवस्थापन हुन्छ : मन्त्री श्रेष्ठ

रासस रासस
२०७८ कात्तिक ९ गते १३:०८
फाइल तस्वीर

९ कात्तिक, चितवन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइरहेको बताएकी छन् ।

मंगलबार चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अहिलेसम्म मन्त्रालयमा औपचारिक कार्यक्रम बाहेक केही नभएको भन्दै गरिबी निवारणका लागि योजना वनाएर काम गर्ने बताइन् ।

‘गरिबी निवारणका लागि औपचारिक कार्यक्रम बाहेक केही नभएको रहेछ । अहिले योजना बनाउने काम भइरहेको छ,’ उनले भनिन् । गरिबी निवारण कसरी गर्न सकिन्छ भन्ने विषयमा कर्मचारीहरुले कार्ययोजना बनाइरहेको उनले जानकारी दिइन् ।

फरक प्रसंगमा मन्त्री श्रेष्ठले सुकु्म्बासी समस्या समाधानका लागि संविधान अनुरुप गरिने कार्य गरिने बताइन् । ‘जनताले संविधानप्रदत्त अधिकार प्रयोग गर्न पाउनुपर्छ,’ उनले भनिन् । लामो समयदेखि सुकुम्बासी समस्या रहेको जनाउँदै उनले भूमिहीन जनताको छिटो व्यवस्थापन गर्ने प्रतिबद्धता जनाइन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?