+
+

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अगाडि बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते १३:५४

९ कात्तिक, काठमाडौं । शिक्षक सेवा आयोगको (एघारौं) नियमावली संशोधन प्रक्रिया अगाडि बढेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षक सेवा आयोग (एघारौं) नियमावली, २०७८ संशोधन प्रस्ताव पास गर्दै समितिमा पठाउने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।

उनका अनुसार मन्त्रिपरिषद्को बैठकबाट नियमावली संशोधनको प्रस्ताव थप परामर्शका लागि सम्बन्धित समितिमा पठाइएको छ । करीब ६ महीनाअघि आयोगले शिक्षक सेवा नियमावली संशोधनका लागि मन्त्रिपरिषद्‌मा प्रस्ताव लगेको थियो। तर त्‍यतिबेला प्राविधिक कारण देखाउँदै नियमावली संशोधनको प्रक्रिया रोकिएको थियो ।

नियमावली संशोधन नहुँदा शिक्षक छनोटका लागि खुला विज्ञापन, आन्तरिक बढुवा र शिक्षण अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षा लगायतका काम रोकिएका थिए ।

आयोगलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०७८ चैत मसान्तसम्म अनिवार्य अवकाश हुनेसहित रिक्त हुने १७ हजार २२७ जना शिक्षकको दरबन्दी विवरण आयोगमा पठाइसकेको छ ।

यस्तै ३ हजार ३९१ शिक्षकको बढुवा प्रक्रियामा रहेको छ । सबैको संख्या जोडेर २० हजार भन्दा बढी शिक्षक छनोट गरेर आयोग लाइसेन्सको परीक्षा गर्ने तयारीमा जुटेको भएपनि आयोगले नियमावलीमा भएका केही प्रावधानका कारण शिक्षक छनोटका लागि विज्ञापन गर्न सकेको थिएन ।

केन्द्रले प्राथमिक तहका १२ हजार ९ सय १२, निम्न माध्यमिक तहका दुई हजार ५ सय ९३ र माध्यमिक तहका एक हजार ५ सय ४२ पदमा दरबन्दी रिक्त रहेको विवरण आयोगलाई बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?