+
+

सुधारको दिशामा शेयर बजार, तीन दिनमा करिब २ सय अंंकले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते १५:२०

९ असोज, काठमाडौं । दशैं अघिसम्म लगातार जसो घटेको शेयर कारोबार मापक नेप्से परिसूचक दशैं पछि भने सुधारको दिशमामा देखिएको छ । यो साता नेप्से परिसूचक लगातार वृद्धि भएको छ ।

आइतबारदेखि मंगलबारसम्म आइपुग्दा नेप्से परिसूचक करिब २ सय अंकले बढेको छ । अघिल्लो साता २ हजार ५ सय ५७ अंकमा रहेको परिसूचक तीन दिनमा १ सय ९३ दशमलव ९२ अंकले बढेर २ हजार ७ सय ५१ अंकमा पुगेको छ ।

मंगलबारमात्रै नेप्से परिसूचक ७८ दशमलव ८२ अंकले बढेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ५० अंकले बढेको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि राम्रै सुधार देखिएको छ । दिनभर भएका ७२ हजार ९ सय ७३ कारोबारबाट २२७ कम्पनीका १ करोड १४ लाख ८६ हजार १२३ कित्ता शेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३२ रुपैयाँ पुगेको छ । यस अघि सोमबार ५३ हजार ७९२ कारोबारबाट २२९ कम्पनीका ८३ लाख ९५ँ हजार ८ सय ६४ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार ५७५ रुपैयाँ पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?