+
+

संसद विघटन सही थियो : विष्णु पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते १६:३७

९ कत्तिक, बुटवल। नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन सही साबित भएको बताएका छन् ।

नेकपा एमाले बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनको मंगलबार बुटवलमा उद्घाटन गर्दै नेता पौडेलले संसद पुर्नस्थापनापछि संसद र सरकारले काम गर्न नसकेको हुँदा विघटन सही भएको जिकिर गरे ।

‘अदालतको परमादेशले संसद पुर्नस्थापित भयो,सरकार पनि बन्यो तर सरकार र संसद दुबैले काम गर्न सकेका छैनन्’–पौडेलले भने–‘यसबाट पुष्टि हुन्छ, संसद विघटन सही थियो ।’

नेता पौडेलले आउने निर्वाचनमा एमालेले तीनै तहमा कूल सिटको ६० प्रतिशत सिट जित्ने र मुलुकमा स्थिरता कायम गर्ने दावी गरे । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई पानीको फोका भएको दाबी गर्दै उनले एमाले विभाजन भएको नभई केही स्वार्थी तत्वहरु चोइटिएर गएको आरोप लगाए ।

‘एमाले विभाजित भएको छैन, एमालेको शक्ति देखेर सत्तारूढ गठबन्धन नै अत्तालिएको छ’ पौडेलले भने, ‘विचार, संगठन र भूमिकामा एमाले सग्लै छ ।’ प्रथम विधान महाधिवेशनले एमालेभित्र रहेका दक्षिणपन्थी र बिर्सजनवादी तत्व परास्त भएको नेता पौडेलको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?