+
+

कात्तिक १२ देखि गोदावरी पुष्प मेला हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते १७:४३

९ कात्तिक, काठमाडौं । पुष्प व्यसायीहरुको संस्था नेपाल फ्लोरीकल्चर एशोसियसन (फ्यान) को आयोजनामा १४ औं गोदावरी पुष्प मेला आयोजना हुने भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ ललितपुरको गोदावरीमा कात्तिक १२ गतेदेखि मेला शुरु हुने एसोसिएसनले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । ललितपुरकाे जाउलाखेल खेल मैदानमा सञ्चालन हुने  मेला १५ गतेसम्म चल्नेछ ।

पुष्प व्यवसाय प्रवर्द्धन एवं गुणस्तरीय उत्पादनमा टेवा पुर्‍याउन उदेश्यका साथ मेलाको आयोजना गर्न लागिएको फ्यानका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए । मेलामा ४४ वटा स्टल र ४ वटा सूचना मूलक व्यावसायिक स्टल रहने छ ।

मेलामा करीब ३५ हजार उपभोक्ताले अवलोकन गर्ने र फूलको कारोबार ५० लाख रुपैयाँ हारीहारी पुग्ने अनुमान गरिएको अध्यक्ष तामाङले बताए ।

मेलामा गोदावरी फूल उत्पादक किसानलाई विभिन्न विद्यामा प्रतिस्पर्धा गराई उत्कृष्ट एक स्टललाई नगद पुरस्कार दिइने पनि आयोजकले जनाएक छन् । मेला प्रवेश शुल्क एक सय रुपैयाँ तोकिएको छ उक्त शुल्कमा विद्यार्थीलाई ५० प्रतिशत छुट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?