+
+

रुपन्देहीको विभिन्‍न स्थानबाट ३ लाख बराबरको पटाका बरामद

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते १८:४३

९ कात्तिक, रुपन्देही। रुपन्देही प्रहरीले सिद्धार्थनगर नगरपालिकाका विभिन्‍न वडाबाट ३ लाख ३ हजार ८ सय बराबरको अवैध रुपमा ल्‍याइएका पटाका बरामद गरेको छ।

जिल्लाका विभिन्‍न इकाइ प्रहरीहरुले कात्तिक ८ र ९ गते आ आफ्नो वडाबाट अवैध रुपमा ल्याइएका पटाका बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए ।

उनका अनुसार सिद्धार्थ नगरपालिका-१ स्थित भारतबाट नेपालतर्फ ल्‍याउँदै गरेको ९० हजार बराबरको विभिन्‍न किसिमका पटाका प्रहरीले बरामद गरेको छ ।

यस्तै प्रहरी चौकी मेउडिहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले आज बिहान ९ बजे सिद्धार्थनगर नगरपालिका २ झुण्डी बजारस्थित भारतबाट ल्‍याउँदै गरेको ६० हजार ५ सय बराबरको विभिन्‍न किसिमको २६२ प्याटेक पटाका बरामद गरी नष्ट गरेको छ ।

यस्तै प्रहरी चौकी मर्यादपुर रुपन्देहीबाट खटिएको प्रहरी टोलीले ५० हजार बराबरको अवैध पटाका, प्रहरी चौकी मैनिहवा रुपन्देहीले ३६ हजार बराबरको रातो सानो पटाका १४८ प्‍याकेट, बुलेट पटाका ९ प्याकेट र झिरझिरे पटाका ४५ प्याकेट बरामद गरी नष्ट गरेको छ ।

यसैगरी ईलाका प्रहरी कार्यालय लुम्बिनि रुपन्देही र प्रहरी चौकी कालिदह रुपन्देहीबाट खटिएको प्रहरीले लुम्बिनी सास्कृतिक नगरपालिका-१३ कालिदहस्थित खुर्सानी पटाका ४२० वटा, आलुबम पटाका ३५ वटा, रोल क्‍याप पटाका ४ प्‍याकेट र सलाई पटाका एक डब्बा गरी ३५६ हजार बराबरको पटाका नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ ।

यस्तै रुपन्देही तिलोत्तमा नगरपालिका-१५ स्थित पत्थरडाँडाबाट भारतबाट ल्याउँदै गरेको चक्र बम पटाका १०२ प्याकेट, लम्बा बुलेट ५ प्याकेट, जुम्नु बुलेट ३ प्याकेट, मिनी फलास बुलेट बम ७ पोका, बोल क्याम्प ३ प्याकेट र झिझिरे पटाका २ प्याकेट गरी ३२ हजार बराबरको पटाका नष्ट गरिएको ईलाका प्रहरी कार्यालय मंगलापुर रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?