
प्रधानन्यायाधीश जबरा पदमा बसिरहे न्याय सम्पादन क्षतविक्षत हुन्छ : शम्भु थापा


फाइल तस्वीर
९ कात्तिक, काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने बताएका छन् ।
नेपाल बार एशोसिएसन सल्लाहकार समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले प्रधानन्यायाधीश जबराले गरेका काम न्यायसम्मत नभएको र पदमा बसिरहे न्याय सम्पादन अझ क्षतविक्षत हुने बताए ।
कानून व्यवसायीहरु एक मतले प्रधानन्यायाधीश जबराको राजीनाको पक्षमा रहेको उनको भनाइ छ । जबरा प्रधानन्यायाधीश रहुञ्जेल कानून व्यवसायीहरुले बहस नगर्ने भन्दै उनले अदालत र न्याय प्रशासन नचलेमा त्यसको जिम्मा प्रधानन्यायाधीशले लिनुपर्ने बताए ।
उनले अगाडि भने, ‘राजनीतिक लेनदेन प्रधानन्यायाधीशले गरेका हुन् भन्नेमा हामीहरु पुगेका छौं । साँठगाँठ भएको तमाम कानून व्यवसायीलाई लागेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment