१० कात्तिक, काठमाडौं । आफ्नो राजीनामा माग गर्दै न्यायाधीशहरूले मुद्दा नहेरिरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा आफू भने इजलासमा बसेका छन् ।
जबराले बुधबार संवैधानिक र आफ्नो एकलसहित १२ वटा इजलास गठन गरेका थिए । अरु इजलासका न्यायाधीश नआए पनि जबराले एकल इजलास राखेका छन् र अदालतको अवहेलना, बन्दी प्रत्यक्षीकरण र कालोबजार तथा अन्य केही कसुर सम्बन्धी मुद्दा हेर्दै आदेश दिएका हुन् ।
उनले सोमबार र मंगलबार अरु न्यायाधीशहरूको इजलास राखे पनि आफ्ना राखेका थिएनन् । तर न्यायाधीशहरूले मुद्दा नहेरेपछि बुधबार आफ्नो एकल इजलास राखेर मुद्दा हेर्दै अरुमाथि दबाब बढाउने प्रयास गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4