+
+

ताप्लेजुङमा कोरोनाका सक्रिय संक्रमित शून्य

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १० गते १५:५७

१० कात्तिक, फुङ्लिङ । ताप्लेजुङमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ ।

पछिल्लो पटक सङ्क्रमित भई होमआइसोलेसनमा बसेका पाथीभरा याङवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट नेगेटिभ आएसँगै ताप्लेजुङमा कोरोनाको सक्रिय संक्रमितको संख्या शून्यमा झरेको हो ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार सोमबारदेखि यो जिल्ला कोभिडमुक्त बनेको छ । सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार पाथीभरा याङ्वरक गाउँपालिका सङ्क्रमणमुक्त भएपछि सोमबारदेखि सक्रिय संक्रमितको संख्या शून्यमा झरेको हो ।

जिल्लाको नौ स्थानीय तहमध्ये पाथीभरा याङ्वरक गाउँपालिकाबाहेक सबै पालिकामा यसअघि पनि कोरोनाको सक्रिय संक्रमित थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?