+
+

साथीको हत्‍यामा संलग्‍न फरार अभियुक्त २ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १० गते १६:०६

१० कात्तिक, काठमाडौं । प्रहरीको महानगरीय प्रहरी अपराध महाशाखाले साथीको हत्‍यामा संलग्‍न फरार अभियुक्तलाई २ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरगढी नगरपालिका-१ फुलबारी घर भइ ललितपुर महानगरपालिका-९ बस्‍दै आएका २४ वर्षीय जय सिंगार रहेका छन् ।

उनलाई ललितपुरको च्यासलबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

उनले २०७६ साल साउन २४ गते उदयपुर कटारी घर भइ ललितपुर बालकुमारीमा बसी मूर्ति बनाउने काम गर्ने ३३ वर्षीय हरी खड्कालाई कुटपिट गरी हत्‍या गरेका थिए । हत्‍यापछि सिंगारसहित पाँचजना फरार भएका थिए ।

उक्त घटनामा संलग्‍न रहेको आरोपमा सिंगारसहित पाँचजना अभियुक्तलाई पक्राउ गरी आवश्‍यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?