+
+

व्यक्तिगत चाहना पूरा गर्न राजनीतिक दबाब आउन थाल्यो : मन्त्री पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १० गते १८:१०
फाइल तस्वीर

१० कात्तिक, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माथिल्लो तहबाटै व्यक्तिगत चाहना सम्बोधन गराउने खालका राजनीतिक दबाब आफूमाथि आउने गरेको बताएका छन् । माथिल्लो तहबाट शैक्षिक प्रणाली सुधार्ने भन्दा पनि विभिन्न समूहका व्यक्तिगत चाहना सम्बोधन गराउने गरी दबाब आउने गरेको उनको भनाइ छ ।

सत्तारुढ दलका विद्यार्थी संगठनका नेताहरुसँग बुधबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भएको सामूहिक भेटमा मन्त्री पौडेलले आफूले ती राजनीतिक दबाबलाई पदमा रहुञ्जेल प्राथमिकता नदिने बताए । आफ्नो पहिलो प्राथमिकता सार्वजनिक शिक्षाको सुधारमा केन्द्रित हुने उनको भनाइ छ ।

‘पोलिटिकल प्रेसर पनि शिक्षा प्रणाली सुधार्नेभन्दा ठूल्ठूला वरिष्ठ व्यक्ति र व्यक्तित्वहरुको चाहना बढी भएको आउँछ । बोलायो, दौडँदै गयो । केही कुरा भन्नु हुन्छ कि भन्यो, चाहना अर्कै छ,’ उनले भने, ‘तर मैले तपाईंहरुलाई के प्रतिबद्धता व्यक्त गर्दछु भने ती म यो पदमा रहुञ्जेल प्राथमिकताका विषय हुँदैनन् ।’

मन्त्री पौडेलले ‘राष्ट्रपति शैक्षिक कार्यक्रम’ र ‘पढदै, पढाउँदै कार्यक्रम’ तत्काल अघि बढाउने गरी तयारी भइरहेको र त्यसमा आवश्यक सुझाव दिन विद्यार्थी संगठनका नेताहरुलाई आग्रह गरे । छलफलमा सत्तारुढ दलमा आवद्ध नेपाल विद्यार्थी संघका सभापति राजीव ढुंगानाले निजी क्षेत्रले जथाभावी शुल्क विद्यार्थीहरुबाट असुल गरिरहेको भन्दै तत्काल नियन्त्रण गर्न मन्त्री पौडेलको ध्यानाकर्षण गराएका थिए । यसैगरी अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सार्वजनिक क्षेत्रको शैक्षिक सुधारको कार्यक्रमलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिन आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?