खेलकुदको विकास र खेलाडीको हितलाई ध्यानमा राखी कार्य गर्छु : खेलकुद मन्त्री गहतराज


१० कार्तिक, काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले खेलकुदको विकास र खेलाडीको हितलाई ध्यानमा राखी काम गर्ने बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आयोजना गरेको स्वागत तथा बधाइ कार्यक्रम बोल्दै मन्त्री गहतराजले नयाँ खेलकुद ऐनमा खेलकुदको विकासमा बाधा पुग्ने
देखिए समय सापेक्ष संशोधन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले भने, ‘ नयाँ खेलकुद ऐनमा खेलकुदको विकासमा बाधा पुग्ने बुँदा छन् भने त्यसलाई समय सापेक्ष संशोधन वा परिमार्जन गर्ने पहल गर्छु।’ खेलकुदको विकास र खेलाडीको हितलाई ध्यानमा राखी आगामी दिनमा काम गर्ने उनको भनाइ थियो ।
राखेपका उपाध्यक्ष शिव कोइराला, राखेपका बोर्ड सदस्य, विभागीय प्रमुख, शाखा प्रमुख, खेलाडी, प्रशिक्षक, राष्ट्रिय खेल संघका पदाधिकारी, कर्मचारीलगायतले मन्त्री गहतराजलाई स्वागत गर्नुका साथै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिएका थिए ।
उनीहरुले चाँडो भन्दा चाँडो नियमावली बनाउने कार्यलाई टुंग्याउनु पर्ने र नयाँ ऐनमा भएका कमी कमजोरीलाई सच्याउनु पर्नेमा जोड दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4