+
+

पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते ७:१८

११ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको आज बिहान निधन भएको छ ।

चाबहिलको मेडिकेयर अस्पतालमा उपचाररत ८४ वर्षीय लम्सालको आज बिहान निधन भएको उनकी भतिजी अमृता लम्सालले जानकारी दिइन् ।

लम्साल २०५८ सालमा गठित बहुचर्चित सम्पत्ति छानबिन आयोगका अध्यक्ष थिए । उनले नेतृत्व गरेर तयार पारेको हुनाले उक्त प्रतिवेदनलाई लम्साल आयोगको प्रतिवेदन भनी चिन्ने गरिन्छ ।

उनी स्वास्थ्य समस्याका कारण केही दिनदेखि मेडिकेयर अस्पतालमा उपचाररत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?