+
+

ईएफएल कप : वेष्टह्यामसँग पराजित हुँदै साविक विजेता म्यानचेष्टर सिटी बाहिरियो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते ७:३९

काठमाडौं । साविक विजेता म्यानचेष्टर सिटी ईएफएल कपको चौथो चरणबाटै बाहिरिएको छ । बुधबार राति भएको खेलमा सिटी वेष्टह्यामसँग पेनाल्टीसुटआउटमा ५-३ ले पराजित भएको थियो ।

निर्धारित सममयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल सुटबउटमा पुगेको थियो ।

जहाँ वेष्टह्यामका लागि पेनाल्टीमा मार्क नोबल, जारोर्ड बोवेन, क्रेग डवसन, आरोन क्रेसवेल र सइड बेरनअमले गोल गरे ।

सिटीका लागि फिल फोडेनले पहिलो प्रहार नै गोल गरे सकेनन् । सिटीका जाओ कान्सेलो, गाब्रीएल सेसस र ज्याक ग्रिलिसले मात्र गोल गरे ।

जितपछि वेष्टह्यम क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सिटी बाहिरिँदा प्रिमियर लिग क्बलहरु लिभरपुल, टोटनहम हट्सपर र लेस्टर सिटी भने जित हात पार्दै क्वाटरफाइनलमा पुगेका छन् ।

लिभरपुलले च्यम्पियनसिप क्लब प्रेस्टन एण्ड नर्थ एण्डलाई २-० ले तथा टोटनहमले प्रिमियर लिगकै बर्नलीलाई १-० ले हरायो । लेस्टरले भने ब्राइटनलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्‍यो । यस्तै स्टोक सिटीलाई २-१ ले हराउदै प्रिमियर लिगकै ब्रेन्टफोर्ड पनि क्वाटरफाइनल पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?