+
+

विद्यार्थी निकेतन माविमा पुरातात्विक भवनका अवशेष भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते १२:२०

११ कात्तिक, काठमाडौं । भक्तपुरको विद्यार्थी निकेतन माविको प्राङ्गणमा विभिन्न पुरातात्विक अवशेषहरु भेटिएको छ । पानी ट्यांकी खन्ने क्रममा साढे ६ फिट मुनि टेपु ल्होँ, टेलीय इँटा (चिकं अप्पा), फ अप्पा, दाची अप्पाले बनाएको पेटीलगायतका पुरातात्विक भवनका अवशेषहरु भेटिएको हो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले बुधाबार उक्त क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।

प्रमुख प्रजापतिले विद्यार्थी निकेतन माविका प्रध्यानाध्यापक सर्जनी जोशीसँग भेट गरेर नगरपालिकाले पुरातात्विक अवशेषहरुको विस्तृत अध्ययन गर्ने बताए । हाललाई उक्त निर्माण कार्य अगाडि नबढाउन पनि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?