+
+

जापानमा उड्ने मोटरसाइकल : मूल्य ८ करोड, आगामी वर्षदेखि बजारमा आउने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते १२:५७

११ कात्तिक, काठमाडौं । जापानको राजधानी टोकियोस्थित एक कम्पनीले उड्ने मोटरसाइकल सार्वजनिक गरेको छ ।

फुजी हिमालको फेदमा अवस्थित एक खाली रेसट्र्याकमा होभरबाइक नामक उड्ने मोटरसाइकल सार्वजनिक गरिएको हो ।

एएलआई कम्पनीले उत्पादन गरेको उड्ने मोटरसाइकल एकपट चार्ज गरेपछि ४० मिनेटसम्म प्रतिघण्टा एक सय किलोमिटर आकाशमा उड्न सक्छ ।

होभरबाइकको मूल्य ६ लाख ८२ हजार अर्थात् झण्डै आठ करोड २० तय गरिएको निकेइ एसियाले जनाएको छ। कम्पनीका अनुसार तीन सय किलो तौल रहेको उड्न् मोटरसाइकलमा एकजना चढ्न मिल्छ । उक्त बाइकमा एउटा परम्परागत इन्जिन र ब्याट्रीजडित चार मोटर छन् ।

मोटरसाइसलक सार्वजनिक भएको दिनदेखि नै अर्डर लिन थालिएको र आगामी वर्षको मध्यसम्ममा सीमित ग्राहकलाई २०० मोटरसाइलक उपलब्ध गराइने कम्पनीको भनाइ छ ।

इलेक्ट्रोनिक कम्पनी मित्सुबिसी र फुटबल खेलाडी केइसुके होन्डाले लगानी गरेको होभरबाइक निर्माता कम्पनीले मानिसहरुले कार छोडेर आफ्नो उत्पादन किन्ने अपेक्षा गरेको छ । एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?