११ कात्तिक, काठमाडौं । प्रहरीले ३ किलो ४७० ग्राम चरेस र १८० ग्राम गाँजासहित तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर कैलास गाउँपालिका १ घर भइ हाल काठमाडौंको बालाजुस्थित बोराटार बस्दै आएका १९ वर्षीय युवराज स्याङबो, काठमाडौं महानगरपालिका-३२ जडिबुटी घर भएका ३४ वर्षीय अबिनास राज भण्डारी र मकवानपुर हेटौडा उपमहानगरपालिका घर भइ हाल ललितपुर महालक्ष्मीस्थान बस्दै आएका २८ वर्षीय विवेक रुम्बा रहेका छन् ।
नरेफाटस्थित धमला दुध डेरी अगाडि सडकखण्डमा लागू औषध विक्रि वितरण गर्न लागेको विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कोटेश्वरका प्रहरीले उनीहरुलाई काठमाडौंको नरेफाटबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4