+
+

३ किलो ४७० ग्राम चरेससहित काठमाडौंको नरेफाटबाट तीनजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते १३:४१

११ कात्तिक, काठमाडौं । प्रहरीले ३ किलो ४७० ग्राम चरेस र १८० ग्राम गाँजासहित तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर कैलास गाउँपालिका १ घर भइ हाल काठमाडौंको बालाजुस्थित बोराटार बस्‍दै आएका १९ वर्षीय युवराज स्याङबो, काठमाडौं महानगरपालिका-३२ जडिबुटी घर भएका ३४ वर्षीय अबिनास राज भण्डारी र मकवानपुर हेटौडा उपमहानगरपालिका घर भइ हाल ललितपुर महालक्ष्मीस्थान बस्‍दै आएका २८ वर्षीय विवेक रुम्बा रहेका छन् ।

नरेफाटस्थित धमला दुध डेरी अगाडि सडकखण्डमा लागू औषध विक्रि वितरण गर्न लागेको विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कोटेश्वरका प्रहरीले उनीहरुलाई काठमाडौंको नरेफाटबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?