+
+

शहरी विकास मन्त्री झाँक्री अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते १४:१४
फाइल तस्वीर

११ कात्तिक, काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छन् । नेकपा एकीकृत समाजवादीकी सचिवसमेत रहेकी मन्त्री झाँक्रीको स्वास्थ्यमा समस्या आएपछि बुधबार साँझ वीर अस्पताल भर्ना भएकी हुन् ।

‘दुई दिनदेखि ज्वरोसँगै निमोनियाको लक्षण देखिएपछि हिजो साँझ अस्पताल भर्ना हुनुभएको हो,’ मन्त्री झाँक्रीका स्वकीय सचिव फुर्वा तामाङले भने, ‘अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य छ ।’

मन्त्री झाँक्रीको स्वास्थ्यमा सुधार आइरहेको स्वकीय सचिव तामाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?