+
+

भारतद्वारा नयाँ क्षेप्यास्त्र परीक्षण

चीनको कुनै पनि क्षेत्रमा मार हान्न सक्ने क्षमता

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते १५:०६

११ कात्तिक, काठमाडौं । भारतले परमाणु शक्ति सम्पन्न अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको छ ।

ओडिसास्थित डा.एपीजे अब्दुल कलाम टापूमा अग्नि-५ नामक अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरिएको भारतीय समाचार माध्यमले जनाएका छन् । बुधबार परीक्षण गरिएको ब्यालेष्टिक क क्षेप्यास्त्रले ५ हजार किलोमिटर परसम्म मार हान्न सक्ने समाचारमा उल्लेख छ ।

भारत सरकारले एक विज्ञप्ति जारी गर्दै ‘न्यूनतम रक्षा क्षमता हासिल गर्ने भारतीय नीति अनुसार’ र आणविक हतियार ‘आफूले पहिला प्रयोग नगर्ने प्रतिबद्धता’ अनुसार पछिल्लो क्षेप्यास्त्र परीक्षण गरिएको प्रस्ट पारेको छ ।

बुधबार परीक्षण गरिएको अग्नि-५ क्षेप्यास्त्रले चीनको कुनै पनि भू-भागसम्म मार हान्न सक्छ । यही भएर केही दिनअघि चीनले उक्त क्षेप्यास्त्रलाई लिएर आपत्ति जनाएको थियो ।

Agni-5 Missile ICBM Test

पछिल्ला केही वर्षदेखि चीनले आफ्नो आणविक हतियार भण्डारलाई विस्तार र थप परिस्कृत गर्दै आएको छ । बेइजिङको उक्त कदमपछि नयाँ दिल्लीले समेत आफ्नो आणविक क्षमता सुदृढ बनाउन बाध्य भएको हो ।

भारतले छिमेकी मुलुक पाकिस्तानभित्रको कुनै पनि भू-भागमा मार सक्ने क्षमताका क्षेप्यास्त्र यसअघि नै परीक्षण गरिसकेको छ । सन् १९९० देखि मध्यम तथा लामो दूरीका क्षेप्यास्त्र परीक्षण गर्दै आएको भारतले चीनसँग बढ्दो रणनीतिक प्रतिस्पर्धाबीच पछिल्लो क्षेप्यास्त्र परीक्षण गरेको हो ।

चीन र भारतबीच हिमाली क्षेत्र लद्दाखमा लामो समयदेखि सीमा विवाद जारी छ । गत वर्ष उक्त विवादले हिंसात्मक रुप लिँदा २० भारतीय सैनिकको ज्यान गएको थियो । गलवान उपत्यकामा भएको हिंसात्मक झडपमा परी चिनियाँ सेनातर्फ समेत हताहती भएको थियो ।

यसै महिनाको शुरुमा सीमाबाट आ-आफ्ना सेना हटाउने भन्दै भारतीय र चिनियाँ सेनाका कमाण्डरबीच भएको वार्ता बिनानिष्कर्ष टुंगिएको थियो । दुवैबै मुलुक सन् १९६२ मा रक्तपातपूर्ण युद्धमा होमिएका थिए । एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?