
११ कात्तिक, मकवानपुर। जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषध डाइजेपाम, फेनार्गन र नुफिनसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार पुर्वी चम्पारण जिल्ला मोतीहारी ग्राम आदापुर-२का २२ वर्षीय सद्दाम अन्सारी र सोहरी जिल्ला मोतीहारी ग्राम सिसवा सौनाहा -२ का १८ वर्षीय रोहान आलम रहेका छन् ।
ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले बिहीबार विहान ४: बजे चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट प्रहरीले लुकाई छिपाई ल्याएको लागुऔषध डाईजेपाम ३०० एम्पुल ,फेनार्गन ३०६ एम्पुल र नुफिन ३४० एम्पुल बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) जयश्वर रिमालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4