+
+

पदभार ग्रहण गर्दै नवनियुक्त कार्यकारी अध्यक्ष अधिकारीले भने-निगमसँग भएका जहाजलाई पूर्ण उपयोगमा ल्याउँछु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते १९:३५

११ कात्तिक, काठमाडौं । नेपाल एयरलाइन्सका नवनियुक्त कार्यकारी अध्यक्ष युवराज अधिकारीले पदभार ग्रहण गरेका छन् । बिहीबार मन्त्रालयबाट नियुक्तिको प्रमाणपत्र बुझेसँगै नेपाल एयरलाइन्स पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै कार्यकारी अध्यक्ष अधिकारीले निगमसँग भएका विमानहरुलाई पूर्ण उपयोगमा ल्याउने प्रतबद्धता जनाए । साथै उनले थप नयाँ विमान खरिदका लागि नाफामूलक दीर्घकालिन खरिद योजनासहित मन्त्रालय जाने रणनीति आफूसँग रहेको बताए ।

विगत १२४ दिन देखि भइरहेको कर्मचारी ट्रेड युनियनको संयुक्त संघर्ष समितिको ४ वटा बुँदागत माग सम्बन्धी उनले विदेशस्थित कर्मचारीको कटौति भएको तलव भत्ता कटौती नगर्ने प्रतिवद्धता व्यक्र गरे ।

कार्यकारी अध्यक्ष अधिकारीले अस्वाभाविक रुपमा वृद्धि गराइएको कार्यकारी प्रमुखको तलव आफूले नलिने समेत घोषणा गरे । उनले आन्दोलेनरत कर्मचारीलाई समस्या समाधानका लागि वार्तामा आउन आह्वान समेत गरे ।

सबै सरोकारवाला निकाय र कर्मचारीको सुझावलाई समेत समेटेर भविष्यमा हुने ठूला र दीर्घकालिन निर्णय गरिने उनको भनाइ थियो ।

राष्ट्रिय ध्वजावाहकलाई अवतरणको क्रममा आकाशमै होल्ड गरिराख्ने र निजी/विदेशी वायुयानलाई चाँडो पालो दिने परिपाटिको अन्त्य गर्न सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?