+
+

दराजको ‘अनलाइन शपिङ फेस्टिवल ११.११’ कात्तिक २५ मा

११ लाख उत्पादनमा ५ करोड छुट

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १२ गते १२:५२

काठमाडौं । दराजले आगामी कात्तिक २५ गते अनलाइन शपिङ फेस्टिवल ११.११ आयोजना गर्ने भएको छ । ११ लाख उत्पादनहरूमा ५ करोडको छुटसहित दराजले ११. ११ को चौथो संस्करणे कात्तिक २५ मा शुरु गर्ने घोषणा गरेको हो ।

अनलाइन शपिङ फेस्टिवल ११.११ लाई सफल पार्नका लागि आवश्यक तयारी भइरहेको दराजले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । आवश्यक तयारीअनुसार दराजले आफ्ना डेलिभरी पार्टनर्सहरूसँग मिलि १४ सयभन्दा बढी नयाँ कर्मचारी, कस्टमर केयर एजेन्ट र १००० डेलिभरी हिरोजहरू भर्ना गरी आफ्नो परिचालन क्षमता बढाएको कम्पनीले जनाएको छ ।

यस वर्षको फेस्टिवल ११.११ मा ११ लाखभन्दा बढी उत्पादनहरू प्रस्तुत गर्ने तथ्यलाई ध्यानमा राख्दै कम्पनीले देशभरका ४७ भन्दा बढी शहरहरूमा सहज र छिटो डेलिभरी सुनिश्चित गर्नको लागि १००० भन्दा बढी डेलिभरी सवारी साधनहरू थप गर्नुका साथसाथै ७ लजिस्टिक पार्टनर्सहरुसँग साझेदारी गरी आफ्नो शिपिंग क्षमता पनि बढाएको कम्पनीले जनाएको छ ।

यस्तो छ  तयारी

‘वर्षभरि हामीले हाम्रा सबै ग्राहकहरू र बिक्रेताहरूको लजिस्टिक अनुभव कसरी बढाउन सक्छौं भन्ने कुरामा ध्यान केन्द्रित गर्दै आएका थियौं । हामीले विस्तार, स्वचालन, निरन्तर प्रक्रिया अनुकूलन र सिकाइ र विकास जस्ता लजिस्टिक सञ्चालनका मुख्य पक्षहरूलाई प्राथमिकता दियौं । र अब हामी वर्षको सबैभन्दा ठूलो बिक्री अभियानको लागि पूर्ण रूपमा तयार छौं’ दराज नेपालका प्रमुख परिचालन अधिकृत विमल अर्यालले भने ।

यस वर्षको संस्करण ११.११ लाई गत वर्षको ठूलो सफलताको तुलनामा फेरि अर्को स्तरमा ल्याउने योजना बनाएको कम्पनीले जनाएको छ । विगत एक वर्षमा दराजले आफ्नो डेलिभरी गति सुधार गर्न, डेलिभरी स्थानहरू वृद्धि गर्न, एसएमईहरूको उत्थान गर्न, लाइभ स्ट्रिमिङ मार्फत नयाँ नवीन अनुभवहरू सिर्जना गर्न, ग्राहकहरूलाई रिवार्ड पोइन्टहरू प्रदान गर्न, र गठबन्धनहरू बनाउनमा ठूलो लगानी गरेको कम्पनीको दावी छ। देशभरका प्रयोगकर्ताहरूका लागि अनलाइन किनमेलको अनुभव बढाउने वर्षभरको प्रयासको मूर्त स्वरूप यस वर्षको ११.११ अभियान हुने विश्वास दराजले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?