+
+

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र स्पेनका सभामुखबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १२ गते १५:२४

१२ कात्तिक, काठमाडौं। स्पेनको एक्त्रामादुरा प्रदेश सभाका सभामुख ब्लान्टा मार्टिन देलगाडो नेतृत्वको टोलीले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा रहकी सभामुख देलगाडो नेतृत्वको टोलीले शुक्रबार सिंहदरबारमा पुगेर अध्यक्ष तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र स्पेनबीचको सुमधुर कूटनीतिक सम्बन्ध रहेको बताउँदै त्यहाँको प्रदेश तथा स्थानीय तह र नेपालका प्रदेश तथा तहबीच सहकार्य जरुरी रहेको बताए ।

भेटका क्रममा सभामुख देलगाडोले नेपाल र स्पेन सरकार तथा संसदको सम्बन्ध सुमधुर रहेको बताइन् ।

उनले एक्त्रामादुरा प्रदेश र नेपालका प्रदेशबीच पनि सहकार्य गर्न सकिने बताउँदै त्यसका लागि आफ्नो पहल रहने जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?