+
+

किशोरीलाई बलात्कार प्रयासको आरोपमा दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १२ गते १९:०६

१२ कात्तिक, वीरगञ्ज । १६ वर्षीया किशोरीलाई जर्बजस्ती बलात्कार प्रयास गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज-२१ बस्ने २० वर्षीय बिकर ठाकुर हजाम र २५ वर्षीय अनिल महतो कोइरी रहेका छन् ।

उनीहरुले कात्तिक ९ गते बिहान ६ बजे १६ वर्षीया किशोरी ट्युसन पढ्न निस्केको बेलामा फोटो स्टुडियोभित्र लगेर बलात्कार प्रयास गरेको प्रहरीको दाबी छ ।

युवतीले उनीहरुविरुद्ध जाहेरी दिएको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

पक्राउ परेका उनीहरुविरुद्ध जबरजस्ती करणी उद्योग कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?