

१२ कात्तिक, काठमाडौं । विन्ध्यवासीनी धार्मिक क्षेत्र विकास समिति पोखराले अधिकारकर्मी एवम् समाजसेवी दुर्गा घिमिरेलाई हेमदेवी धर्म संस्कृति तथा समाजसेवा पुरस्कार २०७६ प्रदान गरेको छ ।
कूल एक लाख एक हजार रुपैया राशि र सम्मानपत्रसहितको सो पुरस्कार शताब्दि पुरुष सत्यमोहन जोशीले आज ललितपुरमा आयोजित कार्यक्रममा प्रदान गरे ।
यसअघि सो पुरस्कार जोशी, आत्मानन्द गिरी र तुलसी दिवसले प्राप्त गरिसकेका छन् । पोखराका हेमबहादुर प्रधानले आफना आमा बुबाको नाममा सो पुरस्कारका लागि १५ लाख रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको समितिका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा शताब्दी पुरुष जोशीले समाज सुधार र राष्ट्रको निमित्त घिमिरेले गर्नुभएको काम प्रशंसनीय रहेको बताए ।
एबीसी नेपाल सामाजिक संस्थाको संस्थापक समेत रहेकी घिमिरेले महिलालाई आफ्नो हक अधिकार दिलाउन र उनीहरुलाई आत्मनिर्भर बनाउन अझे धेरै काम गर्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित