+
+

कांग्रेसका कारण मोदी झन शक्तिशाली बन्दैछन् : ममता बनर्जी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १३ गते १४:४१

१३ कात्तिक, काठमाडौं । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले भारतीय कांग्रेसका कारण प्रधानमन्त्री नरेन्द्र मोदी झन शक्ति बन्ने बताएका छन् ।

बनर्जीले आफ्नो तीनदिने भ्रमणको अन्तिम दिन गोवामा पत्रकारसँग कुरा गर्दै भारतीय कांग्रेसको आलोचना गर्दै उक्त भनाइ राखेकी हुन् । कांग्रेसले राजनीतिलाई गम्भीर रुपले नलिँदा प्रधानमन्त्री मोदी भविष्यमा अझै शक्तिशाली हुने उनको भनाइ थियो ।

‘कांग्रेसले निर्णय लिन सकेन । कांग्रेसीले राजनीतिलाई गम्भीर रुपमा लिएनन् र सबै कुरा अहिले नै भन्न सक्दिनँ’, बनर्जीलाई उदृत गर्दै भारतीय समाचार माध्यमले लेखेका छन्, ‘कांग्रेसकै कारण मोदी जी थप शक्तिशाली हुँदैछन्… यदि कसैले निर्णय लिन सकेन भने किन त्यसबाट मुलुक पीडित हुने ?’

‘उनीहरू(कांग्रेसीहरू)ले विगतमा अवसर पाएका थिए’, बनर्जीले थपिन्, ‘उनीहरूले भाजपासँग प्रतिस्पर्धा गर्नुको साटो मेरो राज्यमा मसँग प्रतिस्पर्धा गर्न पुगे ।’

आगामी वर्ष गोवामा हुन गइरहेको चुनावमा बनर्जीको दल तृणमूल कंग्रेसले ४० सिटमा प्रतिस्पर्धा गर्दैछ । चुनाव हुन लागेको उक्त राज्यमा पहिलो पटक पुगेकी उनी कांग्रेसमाथि कडा रुपमा खनिएकी छन् । आज नै उनले गोवाको फरवार्ड पार्टीका अध्यक्ष विजइ सरदेसाईलाई भेटेर भाजपाविरुद्ध मिलेर चुनाव लड्नेबारे छलफल गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?