+
+

जसपालाई प्रचण्डको प्रस्ताव : अब पार्टी एकता गरौं

सर्लाहीमा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘गठबन्धन त हामीले गरेकै छौं । अब पार्टी एकता गरौं । ढिलो नगरौं, तपाईंहरुलाई चाहिने अधिकार र सम्मान हामी दिन्छौं ।’

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १३ गते २०:२०

१३ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीसँग एकताको प्रस्ताव गरेका छन् ।

शनिबार सर्लाहीमा आयोजित कार्यक्रममा उनले छिटै पार्टी एकता गर्न प्रस्ताव गरेका हुन् ।

कार्यक्रममा आफूसँगै उपस्थित जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवलाई सम्बोधन गर्दै उनले भने, ‘म महेन्द्रजीलाई पनि भन्छु पार्टी एकता गरौं, ढुक्कै । क्षेत्रीय पार्टी बनाएर किन बस्ने ?’

जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि आफूलाई राम्रोसँग चिन्ने भन्दै प्रचण्डले भने, ‘गठबन्धन त हामीले गरेकै छौं । अब पार्टी एकता गरौं । ढिलो नगरौं, तपाईंहरुलाई चाहिने अधिकार र सम्मान हामी दिन्छौं ।’

प्रचण्डले पार्टी एकताको छिटो निर्णय गरेर जनकपुरमा घोषणा गर्नुपर्ने पनि बताए । ‘नडराई पार्टी एउटै बनाऔं, सिद्धियो, म जनकपुरमा आउँछु । जनकपुरमा घोषणा गरौं’ उनले भने ।

प्रचण्डले अघि भने, ‘एकता मन परेन भने भन्यो भने तपाईहरुमा पनि केही पल्क्यो भन्ने बुझे हुन्छ, भीरबाट हामफाल्ने गोरुलाई रामराम भन्न सकिन्छ काँध थाप्न सकिँदैन । अब मधेस माओवादीमय हुनेछ ।’

मधेस माओवादीमय नहुँदासम्म मधेसी जनताको वास्तविक अधिकार प्राप्त नहुने र विकास पनि नहुने प्रचण्डले दावी गरे ।

प्रचण्डले आफूलाई मधेसको मसिहा भन्ने महन्थ ठाकुर र राजेन्द्र महतो मधेसविरोधी केपी शर्मा ओली नेतृत्वमा सहभागी भएको टिप्पणी गरे ।

‘को मधेसको मित्र हो, को मधेसको दुश्मन हो ?’ उनले प्रश्न गरे, ‘महन्थ ठाकुरहरु मधेसी हुन् ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?