+
+

ओली सरकारले तीन वर्ष गफ छाँटेरै बितायो : मन्त्री कार्की

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १३ गते १८:४४

१३ कात्तिक, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केपी ओली नेतृत्वको अघिल्लो सरकारले गफ मात्र छाँटेर समय व्यतित गरेको आरोप लगाएका छन् ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले विगतको सरकारले के गर्यो र गरेन भन्दा पनि वर्तमान सरकारले के गर्दैछ भन्ने कुरा महत्वपूर्ण हुने बताए । ओली सरकारले साढे तीन वर्ष गफमा बिताएको बताएका कार्कीले कांग्रेसको सरकार मुलुकको समृद्धि र विकास केन्द्रित रहेको बताए ।

शनिबार सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री कार्कीले केन्द्रमा बनेको गठबन्धनको सहमति बमोजिम वर्तमान सरकार अघि बढेको बताए । मन्त्री कार्कीले प्रदेश १ का आफ्ना पार्टी नेपाली कांग्रेसका प्रदेश सांसदहरुलाई पार्टी निर्णय विपरीत नजान निर्देशन दिए ।

मन्त्री कार्कीले प्रदेश एक सरकारको प्रतिनिधित्वको विषयलाई लिएर केही कांग्रेस नेता तथा कार्यकर्ता ट्रयाक बाहिर जान खोजेको बुझिन आएको भन्दै त्यसो गरिए पार्टी हित विपरीत ठहरिने बताए ।

प्रदेश १ को सरकार नेकपा एकीकृत समाजवादीको नेतृत्वमा बन्ने बताउँदै कार्कीले गठबन्धनको निर्णय बमोजिम मुख्यमन्त्री चयन हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?