१३ असोज, काठमाडौं । प्रिमियर लिगमा आर्सनलले शनिवार लेस्टर सिटीलाई २-० ले पराजित गरेको छ । लेस्टरको मैदान जितपछि आर्सनल पाँचौ स्थानमा उक्लेको छ ।
आर्सनलको लागि खेलको पाँचौ मिनेटमा गाब्रीएलले पहिलो गोल गरेका थिए । यस्तै १८औं मिनेटमा एमिल स्मिथ रोवले आर्सनलका लागि दोस्रो गोल गरे । जितपछि आर्सनल १० खेलबाट १७ अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको छ ।
१० खेलबाट १४ अंक रहेको लेस्टर १०औं स्थानमा छ ।
प्रतिक्रिया 4