+
+

ब्राउन सुगरसहित सुर्खेतबाट ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते १३:०४

१४ कात्तिक, सुर्खेत । प्रहरीले ६५० मिलिग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-८ सुकुमबासी टोलका १८ वर्षीय गणेश बि.सी, सोही नगरपालिका-२ जयपुर बस्ने २७ वर्षका दीपेन्द्र रोकाय (दुर्गे ) र २३ वर्षीय बखत बि.क. रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट ६५० मिलिग्राम ब्राउन सुगरसहित चार हजार ४८० रुपैयाँ नगद समेत बरामद गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

लागूऔषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?