 
																			१४ कात्तिक, काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले राजनीतिक दलहरुले आन्दोलनरत कानुन व्यवसायीहरुसँग सम्वाद गर्ने कि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग भनेर छिनोफोनो गर्नुपर्ने बताएका छन् ।
जबराको राजीनामा माग गर्दै नेपाल बारको आह्वानमा कानुन व्यवसायीहरुले आइतबार सर्वोच्च अदालतमा धर्ना दिएका थिए । धर्नापछि सञ्चारकर्मीहरुसँग बारका पूर्वअध्यक्ष समेत रहेका थापाले भने, ‘ महाअधियोग संविधानको धारामा छ, तर हामी राजनीतिक दलहरुलाई पुकार गर्दैनौं ।’
नेपाल बारले लोकतन्त्र, गणतन्त्रका लागि भएका सबै आन्दोलनमा राजनीतिक दलहरुलाई साथ दिएको स्मरण गर्दै उनले भने, यसपालि हेर्नुछ, कानुन व्यवसायीहरुले हाम्रो न्यायालयमा विराजमान भएका प्रधानन्यायाधीश शुद्ध हुनुहुन्न भन्दा हामीहरुसँग कुरा गर्नुहुन्छ कि प्रधानन्यायाधीशसँग कुरा गर्नुहुन्छ ?’
यो प्रक्रिया (बहस बहिस्कार) कहिलेसम्म चल्छ भन्ने प्रश्नमा वरिष्ठ अधिवक्ता थापाले भने, ‘प्रधानन्यायाधीशले नछोडुन्जेलसम्म गइरहन्छ ।’ एक डेढ वर्ष पनि भन्ने अर्को प्रश्नमा उनले भने, ‘एक डेढ वर्ष के आजीवन हुन्छ भनेर लेखेर दिएको रहेछ भने आजीवन पनि गर्नुपर्यो नि ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4