+
+

भारतमा मजदूरी गरिरहेको नेपाली दम्पत्तीलाई अमेरिकाबाट सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते १५:१४
हिमाल केसी र उनकी श्रीमती ।

१४ कात्तिक, अमेरिका । विगत १५ वर्षदेखि भारतको गुजरातमा मजदूरी गरिरहेका नेपाली नागरिक हिमाल केसीको उपचारका लागि अमेरिकामा वसोवास गर्ने नेपाली नागरिकले सहयोग गरेका छन् । अमेरिकाका नेपाली सामाजिक अभियन्ता विशाल भारतीयको संयोजनमा त्यहाँका नेपालीहरुले एक हजार अमेरिकी डलर सहयोग गरेका हुन् ।

केहीअघि घरको छानो चुहिरहेका बेला पलास्टिकले छोप्ने क्रममा चिप्लिएर आँगनमा केसी श्रीमतीमाथि लडेका थिए । त्यसक्रममा उनको मेरुदण्ड भाँचिएको थियो भने श्रीमतीको दाहिने हात भाँचिएको थियो । दुवै जना तीन महीनादेखि ओछ्यान थला परेपछि उनीहरुलाई उपचार र खानाको अभाव भएको थियो । त्यसबारे थाहा पाएपछि सहयोगमा जुटेको भारतीले बताए ।

भारतीका अनुसार फेसबुकमा “हिमाल केसी बचाऊँ अभियान” चलाएर संकलन गरिएको रकम उनलाई हस्तान्तरण गरिएको हो । भारतीको संयोजनमा कोरोना महामारीका वेला २२ लाख रुपैयाँ बराबरका अक्सिजन सिलिण्डर पनि नेपालमा पठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?