
१४ कात्तिक, काठमाडौं । तिहार नजिकिएसँगै बजारमा फूलको कारोबार बढेको छ । फूलखेती गरेका किसानलाई हिजोआज फूल टिप्ने, माला गाँस्ने र बजारमा बेच्न भ्याइनभ्याइ छ ।
काठमाडौं उपत्यकाको भक्तपुर र इचंगुनारायण क्षेत्रमा धेरै फूलखेती हुन्छ । इचंगुनारायणका किसान हिजोआज बारीमा फूलेका सयपत्री फूल टिप्ने र बजारमा लगेर बेच्ने काममा ब्यस्त छन् ।
बारीभरि ढकमक्क फुलेको फूल टिपेर डोकोमा वा बोरामा राखेर किसानहरुले बजारमा पु¥याउने गरेका छन् । तिहार शुरु हुन केही दिन बाँकी नै छ, तैपनि किसानहरु फूल टिपेर घरमा ल्याउने माला गाँस्ने र बजारमा माला गाँस्नेहरुलाई बेच्ने गरिरहेका छन् ।
हेर्नुहोस् इचंगुनारायणका किसान र फूलको तस्वीर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4