+
+

५० रुपैयाँमै आउने भयो हाथवेको आईपीओ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते १०:०९

१४ कात्तिक, काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन प्रक्रिया शुरु गरेको छ । कम्पनीले १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ जारी गर्न प्रक्रिया शुरु गरेको हो ।

आइतबार कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । आइतबार कम्पनी र क्यापिटलबीच सम्झौता पत्रमा हस्ताक्षर समेत भएको हो ।

सम्झौतमा उल्लेख भए अनुसार हाथठवेले प्रतिकित्ता ५० रुपैयाँका दरले नै सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ ।

आइतबार हाथवे इन्भेष्टमेन्टको तर्फबाट अध्यक्ष योगेश्वर शर्मा ढकाल र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?