+
+

फेरिए त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते २२:०२

१४ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक परिवर्तन भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको एभिएसन सेफ्टी एन्ड सेक्युरिटी विभाग प्रमुख रहेका भोलाप्रसाद गुरागाइँलाई विमानस्थल प्रमुखको जिम्मेवारी दिएको छ ।

विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीलाई भने कर्मचारी प्रशिक्षण प्रतिष्ठान प्रमुखका रुपमा सरुवा गरिएको छ । प्रतिष्ठान प्रमुख रहेका देव चन्द्र लाल कर्णलाई भने प्राधिकरणमा अहिले गुरागाइँले नेतृत्व गरिरहेको सेफ्टी डिपार्टमेन्टमा ल्याइएको छ ।

प्राधिकरणका नयाँ महानिर्देशकका रुपमा नियुक्ति भएपछि राजकुमार क्षेत्रीले विभिन्न विभागमा फेरफेर गरेका हुन् । हेरफेर भएको जिम्मेवारी सोमबार बाट लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?