+
+

रियल सोसिडाड शीर्ष स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते ११:२७

१५ कात्तिक, काठमाडौं। स्पानिस ला लिगामा गएराती भएको खेलमा रियल सोसिडाडले एथ्लेटिक विल्वाओसंग १-१ को बराबरी खेलेको छ । यस जितपछि सोसिडाड शीर्ष स्थानमा समेत उक्लिएको छ ।

घरेलु मैदानमा सुरुवाती अग्रता लिएपनि इन्जुरी टाइममा गोल खाएपछि सोसिडाडले अंक बाँडेको हो । खेलको ५८औं मिनेटमा अलेक्जान्डर इस्याकले गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए । तर इन्जुरी टाइममा विल्वाओका इकर मुनिएनले गोल गर्दै खेल बराबरी गरे ।

८४औं मिनेटमा इनिगो मार्टिनेजले रातो कार्ड पाएपछि विल्वाओ १० खेलाडीमा समेटिएको थियो ।

बराबरीपछि सोसिडाड १२ खेलबाट २५ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । विल्वाओ ११ खेलबाट १८ अंकसहित आठौं स्थानमा छ ।

एट्लेटिको विजयी

यस्तै ला लिगाकै अर्को खेलमा साविक विजेता एट्लेटिको मड्रिडले रियल बेटिसलाई ३-० ले पराजित गरेको छ ।

एट्लेटिकोका लागि यानिका कारास्को र जाओ फेलिक्सले एक एक गोल गरे । बेटिसका जर्मन पेजेल्लाले एक आत्मघाती गोल उपहार दिए ।

जितपछि ११ खेलबाट २२ अंक जोडेको एट्लेटिको बेटिसलाई पछि पार्दै चौथो स्थानमा उक्लिएको छ । १२ खेलबा६ २१ अंकसहित बेटिस पाँचौ स्थानमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?